इटहरी / माओवादी केन्द्र निकट जनप्रगतिशिल मञ्च स्पेनको केन्द्रिय समिति बैठकले संगठनलाई थप सशक्त बनाउने उद्देश्यका साथ ११ जना व्यत्तिहरुलाइहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ।

बैठक स्पेनस्थित जनप्रगतिशिल मञ्चका अध्यक्ष विशाल ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा जनप्रगतिशिल मञ्च युरोपका उपाध्यक्ष गंगा भुषाल र विशिष्ट अतिथि युरोप कमिटीका सचिव अर्जुन आचार्यको उपस्थिति रहेको थियो। बैठकमा मञ्चका विभिन्न नेताहरू तथा सदस्यहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

बैठकले निम्न व्यत्तिहरुलाइहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ,

सचिन नेपाल

सुर्य बहादुर श्रेष्ठ

तेजेन्द्र मैनाली

टी।पी। पराजुली

सुर्य प्रसाद पौडेल

शिव विश्वकर्मा

कृष्ण पुन

प्रेम किसन

राम प्रसाद ढकाल

अनन्त तिखत्री

उत्तम गुरुङ

कार्यक्रमको सञ्चालन जनप्रगतिशिल मञ्च स्पेनका महासचिव सुर्य प्रसाद सापकोटाले गर्नुभएको थियो। प्रमुख अतिथि गंगा भुषालले देशको समसामयिक राजनीति, प्रवासमा नेपालीहरूले भोगिरहेका समस्या तथा चुनौतीका विषयमा प्रकाश पार्नुका साथै नव९मनोनित केन्द्रीय सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रम सफल र उत्साहजनक वातावरणमा सम्पन्न भएको आयोजकले जनाएका छन्।

तपाईको प्रतिक्रिया