
सुनसरी, सुनसरी जिल्लाको दुहबी नगरपालिका वडा नं. ४ मालहट्टीबाट एक वर्षअघि लागू औषध गाँजा तस्करीमा संलग्न भइ फरार रहेका मुख्य प्रतिवादी नसरुदिन मिया पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय दुहबीका अनुसार २०८२ साल वैशाख ४ गते मोरङको बुढीगंगा जाँदै गरेको वा ७ च ९२६३ नम्बरको मारुती सुजुकी कारमा गाँजा ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा कारको पिछा गरिँदै गर्दा कार चालक फरार भएका थिए। प्रहरीले कारको डिक्कीमा रहेको ४ वटा जेब्रा झोलाबाट करीब ११६ किलो गाँजा बरामद गरेको थियो।
घटनापछि फरार रहेका मोरङ बुढीगंगा गाउँपालिका वडा नं. ४ का २८ वर्षीय नसरुदिन मिया ९चिन भन्ने० को खोजी कार्य जारी रहँदा मिति २०८२ असार ४ गते उनलाई पुनः गोप्य सूचनाका आधारमा सोही घटनास्थल नजिकै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
सुनसरी जिल्ला अदालत इनरुवाबाट पक्राउ अनुमति प्राप्त गरी मियालाई पक्राउ गरिएको र प्रारम्भिक अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।





