दुहबी, ५ असार / सुनसरीको दुहबी नगरपालिकाको १७ औं नगरसभाको अधिवेशन सुरु भएको छ ।
आ.व.२०८२/०८३ कालागी दुहबी नगरपालिकाको कुल बजेट ९३ करोड ६५ लाख ५६ हजार ८ सय रहेको जनाइएको छ ।
करिब २१ करोड दायित्व रह्को यो बजेट गत बर्ष भन्दा करिब ११ करोड कम हो ।
आज दुहबी नगर प्रमुख बेदनारायण गच्छादारको अध्यक्षतामा सुरु भएको नगर सभाले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम दुहबी नगरकि उपप्रमुख मेनुका खतीवडाले प्रस्तुत गरेकि थिइन ।
नगर सभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भएपनि त्यसपछिका २ दिनको बैठकमा छलफल गरी बजेटलाई शिर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गर्ने दुहबी नगरपालिकाका प्रवक्ता बिजय चौधरीले जानकारी दिएका छन् ।
नगर सभामा दुहबी नगरपालिकाका ४ जना कर्मचारी र दुहबीको एक उद्योगलाई सम्मान गरिएको थियो ।
दुहबी नगरपालिकाका कर्मचारीहरु उचित नारायण साह,हेमनारायण माझी, रोहित कुमार पराजुली र कुमारी सुन्दासलाई १५ हजार नगद, सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी दुहबी २ मा रहेको मैनावति स्टिल प्रा.लि.का मेनेजर गोकुल सुवेदीलाई समेत सम्मान गरिएको थियो ।
आ.व.२०८२/०८३ कालागी दुहबी नगरपालिकाको कुल बजेट ९३ करोड ६५ लाख ५६ हजार ८ सय रहेको जनाइएको छ ।
करिब २१ करोड घाटा बजेट बनाइएको यो बजेट गत बर्ष भन्दा करिब ११ करोड कम हो ।