
इटहरी/सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१२ स्थित खानारमा ‘सहरी विकास सरसफाइ अभियान–२०८२’ सफलतापूर्वक सम्पन्न भएको छ । खानार युवा क्लबको आयोजनामा सम्पन्न उक्त अभियानमा स्थानीय युवा, समाजसेवी, नेपाल प्रहरी,ट्र«ाफिक प्रहरी तथा नगरपालिकाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहरको समग्र विकासका लागि सरसफाइलाई प्राथमिकता दिँदै सुरु गरिएको यो अभियानले खानार क्षेत्रको वातावरणीय सुधारतर्फ सकारात्मक संकेत भएको इटहरी उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष भुवनराज पोख्रेलले बताउनु भयो । ‘सफा सहर, स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ आयोजित अभियानमा सहभागीहरूले सडक, सार्वजनिक स्थान र दुर्गन्धित ठाउँहरूको सरसफाइ गरेका थिए ।
कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. १२ का जनप्रतिनिधिहरूले समेत सक्रिय उपस्थिति जनाएका थिए । आयोजक संस्था खानार युवा क्लबले स्थानीय युवालाई जागरुक बनाउँदै सरसफाइ मात्र नभई सामाजिक उत्तरदायित्वप्रति सचेत गराउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरेको क्लवका अध्यक्ष नेमलाल चौधरीले बताउनु भयो ।
इटहरी उपमहानगरपालि वडा नमबर १२को सह–आयोजनामा सम्पन्न सरसफाइ अभियानले स्थानीय बासिन्दाहरूमा सफाइको महत्त्वबारे जनचेतना फैलाएको आयोजकको भनाइ छ ।
कार्यक्रममा सहभागी प्रहरीले समेत समुदाय–प्रहरी साझेदारीमार्फत सामाजिक अभियन्ताहरूलाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए।
यस अभियानले खानार क्षेत्रलाई स्वच्छ र हराभरा बनाउन थप बल पु–याउने विश्वास लिइएको छ। आयोजक संस्था खानार युवा क्लबले आगामी दिनमा वृक्षारोपण, प्लास्टिकजन्य वस्तु निषेध र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।








