सुनसरी / सप्तकोशी नदीमा डुबेर वेपत्ता भएका दुई सशस्त्र प्रहरी जवानमध्ये एक जनाको शव आज बिहान फेला परेको छ।
सशस्त्र प्रहरी बल ९एपीएफ०का एसपी निर्मल थापाका अनुसार, हराएका जवानहरूको खोजी कार्य आज बिहानैदेखि तीव्र पारिएको थियो। सोही क्रममा सप्तकोशी नदीको कोशी ब्यारेजदेखि करिब तीन किलोमिटर तल सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव फेला परेको हो।
गएको दिन, सप्तकोशीमा भइरहेको उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर — हरदेव राजवंसी र सुरज साउद — डुबेर वेपत्ता भएका थिए। दुवैजना दन्तकाली तालिम केन्द्र, बरमजिया अन्तर्गत कार्यरत थिए।
हराइरहेका जवानहरूको खोजी र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलको विपद् उद्धार तालिम शिक्षालय, कुरिनटारबाट डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा पाँच सदस्यीय विशेष टोली घटनास्थलमा खटिएको छ। सशस्त्र प्रहरी बलका अनुसार दोस्रो वेपत्ता जवान सुरज साउदको खोजी कार्य हाल पनि जारी रहेको छ।