सुनसरी /प्तकोशी नदीमा बेपत्ता भएका दुई जना गोताखोरको खोजीका लागि सशस्त्र प्रहरी बलको विशेष टोली डिएसपीको नेतृत्वमा खटिएको छ।

सशस्त्र प्रहरी बलको विपद् उद्धार तालिम शिक्षालय, कुरिनटारबाट डिएसपी पुरूषोत्तम भण्डारीको कमान्डमा पाँच सदस्यीय अनुभवी टोली बिहीबार राति १०:४५ बजे कोशी ब्यारेजतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बेपत्ता हुनेहरूमा सशस्त्र प्रहरीका सुरज साउद र हरदेव राजवंशी रहेका छन्। उनीहरू बिहीबार दिउँसो कोशी ब्यारेजमा खोज तथा उद्धार अभ्यासका क्रममा हराएका थिए। डिएसपी थापाका अनुसार दुवैले सन् २०८० र २०८१ सालमा गोताखोर तालिम पूरा गरेका थिए र त्यसयता विभिन्न उद्धार कार्यमा सक्रिय रूपमा खटिँदै आएका थिए।

गोताखोर आफैँ बेपत्ता भएपछि उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन अनुभवी प्रशिक्षकसहितको टोली खटाइएको सशस्त्र प्रहरी बलले जनाएको छ !

तपाईको प्रतिक्रिया