इटहरी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) इटहरी उपमहानगर समितिले इटहरी नगरप्रमुखलाई मागपत्र बुझाउँदै जनताको सेवा र विकासमा गम्भीरता देखाउन आग्रह गरेको छ । पार्टीले इटहरी उपमहानगरको कार्यालयमा बुझाएको पत्रमार्फत नगरपालिकाले विगतमा देखाएको कमजोरी, भ्रष्टाचार र सुशासनको अभावप्रति चिन्ता व्यक्त गर्दै तत्काल सुधारको माग राखेको हो ।
पार्टीको अनुसार, इटहरी उपमहानगरपालिका क्षेत्रभित्र विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका समुदायहरू बसोबास गर्ने भएकाले सबैको समानुपातिक सहभागिता सुनिश्चित गर्नु जरुरी रहेको छ । विज्ञप्तिमा भनिएको छ कि जनताको सेवा र विकासका लागि स्थानीय सरकार गम्भीर हुनुपर्ने, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्नुपर्ने तथा भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्नुपर्ने आवश्यकता छ ।
पार्टीले नगरप्रमुखलाई बुझाएको मागपत्रमा राखिएका मुख्य बुँदाहरू यसप्रकार मध्ये गत आर्थिक वर्ष तथा चालु आर्थिक वर्षको खर्च योजनाहरूको भुक्तानी छिटो सुचारु गरिनु ,. इटहरी उपमहानगरपालिकामा कार्यरत अनावश्यक कर्मचारीहरूको कटौती र बोझ कम गर्न पर्ने . सहमति र प्रक्रियाविना नगरसभा बैठक नगरी निर्णय नर्ग आवश्यकता नपर्ने र खर्चिलो सामान तथा गाडी खरिदमा रोक ,. अव्यवस्थित सहरीकरणलाई व्यवस्थापन गर्न योजना , ट्याङ्ग्रा खोलामा गरिएको केबिनब्रिज निर्माणको नाममा भएको क्षतिपूर्ति वितरणको छानबिन र सुधार गर्न पर्नेलगायत २३ वटा माग राखिएको छ ।
पार्टीले विज्ञप्तिमा उल्लेख गरेअनुसार, यदि यथाशीघ्र मागहरू सम्बोधन भएनन् भने इटहरी उपमहानगरपालिकामा जनदबाब सिर्जना गर्ने चेतावनी समेत दिएको छ । साथै, पार्टीले समृद्ध र सुशासनयुक्त इटहरी निर्माणका लागि सबै सरोकारवालाहरूलाई सहयोग गर्न आह्वान गरेको छ ।
पार्टीको माग पत्र वुझदै इटहरी उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख संगिता चौधरीले आफ्नो तहवाट हुने सवै मागहरु प्रति सकरात्मक रहेको बताउनु भएको छ । धेरै माग नगरप्रमुख हेमकर्ण पौड्लसगं सम्वन्धित रहेको भएपनी आफुले अव वन्ने निति तथा कार्याक्रमका विषयमा आवश्क सहयोग गर्ने बताउनु भयो ।