धरान, आज विहान मर्निङ वाकमा निस्केका एक व्यक्ति धरान–१५ स्थित निराजन बस्ती उकालोमा लडेर गम्भीर घाइते भइ निधन भएको खबर प्राप्त भएको छ। मृतकको परिचय हालसम्म खुल्न सकेको छैन।
उक्त व्यक्तिको सनाखत हुन नसकेकोले, उनलाई चिन्न सक्ने कुनैपनि व्यक्तिले परिवारजन वा नजिकको प्रहरी कार्यालयमा नाम, ठेगाना लगायतको विवरण जानकारी गराईदिन हुन सम्बन्धित पक्षले अनुरोध गरेका छन्।
यो अत्यन्त दुःखद र संवेदनशील घटना भएकाले, मृतकको पहिचानमा सहजीकरण गर्न सबैले सहयोग गर्न अपिल गरिएको छ।
थप जानकारीका लागि नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिन्छ।