इटहरी, इटहरीमा फ्लेयर बारटेन्डिङ क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने उद्देश्यसहित Eastern craft and Flair series ’ को दोस्रो संस्करण भव्य रुपमा आयोजना हुने भएको छ ।
इलाइट बारडेन्डिङ्ग एकेडमि र स्ट्रिकली फ्ेलयर प्रालि को सहकार्यमा यहि असार ५ र ६ गते इटहरीस्थित च्यथब िरोयल रिसोर्टमा हुने कार्यक्रमले बारटेन्डरहरूको प्रतिभा उजागर गर्नुका साथै पूर्वी नेपालको सांस्कृतिक र नाइट लाइफ प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
कार्यक्रमको मुख्य उद्देश्य नेपालभरिका उदीयमान बारटेन्डरहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग पु¥याउनु हो । फ्लेयर बारटेन्डिङलाई एक कला र पेशाको रूपमा परिभाषित गर्दै यस क्षेत्रलाई व्यवस्थित, सुरक्षित र सम्मानजनक बनाउने अभियानसहित यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाहरूले जनाएका छन् ।
पछिल्लो संस्करणको उत्साहजनक सहभागिता
पहिलो संस्करण २०२४ मा सम्पन्न हुँदा ५० भन्दा बढी प्रतियोगी सहभागी भएका थिए । सामाजिक सञ्जालमार्फत ५० हजार भन्दा बढी दर्शकले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कार्यक्रममा सहभागिता जनाएको अयोजकको दावी छ । कार्यक्रमको सफलताले यसपटकको संस्करणप्रति थप उत्साह र अपेक्षा निर्माण गराएको आयोजक भिमराना मगरले जानकारी दिए ।
प्रतिस्पर्धात्मक चरण र पुरस्कार
दोस्रो संस्करण तीन चरणमा सम्पन्न हुने बताइएको छ – अडिसन, प्रिलिमिनरी र फाइनल। फाइनल चरणमा अन्तर्राष्ट्रियस्तरका निर्णायकहरू उपस्थित रहनेछन्। उत्कृष्ट प्रतिभाहरूलाई प्रथम पुरस्कार रु ५०,०००, द्वितीय पुरस्कार रु ३०,००० र तृतीय पुरस्कार रु २०,००० सहित ट्रफी प्रदान गरिनेछ। साथै, ‘बेस्ट ककटेल’, ‘बेस्ट स्माइल’ र ‘बेस्ट मूभ्स’ उपाधि प्राप्त विजेताहरूलाई पनि नगद पुरस्कार र सम्मान प्रदान गरिनेछ।
५ लाख रुपैयाँभन्दा बढीको लगानी
प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। कार्यक्रम सफल बनाउन आयोजकहरूले व्यवसायिक संघ–संस्था, पत्रकार, फ्लेयर बारटेन्डिङप्रेमीहरू र स्थानीयवासीलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेका छन्।
कार्यक्रममा नेपालको विभिन्न स्थानवाहेक भारतको दिल्लि,गोवा,बम्बे र श्रीलकांवाट समेत सहभागिता रहेने आयोजकको दवी छ ।