इटहरी /सुनसरीको इटहरीस्थित विश्व आदर्श स्कुलको प्राङ्गणमा आजदेखि दोस्रो अन्तर प्रदेशीय पुरुष ह्वीलचेयर बास्केटबल प्रतियोगिता सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका सातवटै प्रदेशका शारीरिक अपांगता भएका खेलाडीहरूले सहभागिता जनाएका छन ।
“परास्परिक विकास र पुनःस्थापनाको उद्देश्यका साथ“ आयोजना गरिएको यस प्रतियोगिता समावेशी खेलकुदको प्रवद्र्धन, अपांगता भएका व्यक्तिहरूको आत्मबल अभिवृद्धि, र समाजमा सकारात्मक सन्देश फैलाउने लक्ष्यसहित अगाडि बढाइएको आयोजक स्पाइनल इन्जिुरी सघं कोशी प्रदेशले जनाएका छन् ।
कार्यक्रमको संयोजनमा प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको विशेष सहयोग रहेको छ । प्रतियोगितामा सहभागिता जनाएका टोलीहरूबीच आज प्रारम्भिक चरणका खेलहरू सम्पन्न हुँदैछन् भने छनोट भएका टोलीहरूले भोलि अन्तिम चरणका खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा सहभागी खेलाडीहरूको उत्साह, प्रतिस्पर्धात्मकता र खेलप्रतिको लगावले समावेशी खेल संस्कृतिको विकासमा थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ । आयोजकका अनुसार आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यावसायिक र राष्ट्रिय तहसम्म विस्तार गर्ने योजना समेत बनाइएको छ ।
यो प्रतियोगिता केवल एक खेलकुद प्रतिस्पर्धा नभई, समान अवसर, अधिकार र सशक्तिकरणको दिशामा ठोस कदमको रूपमा पनि हेरिएको छ ।