काठमाडौं,  वामपन्थी नेता तथा पूर्व मन्त्री प्रदीप नेपालको निधन भएको छ।

उनको मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। केही दिनअघि अस्पताल भर्ना गरिएका नेपाललाई सोमबार आईसीयूमा सारिएको थियो।

नेता नेपाल लामो समयदेखि पार्किन्सन लगायतका रोगबाट पीडित थिए। स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि उनी पछिल्लो समय राजनीतिबाट निष्क्रिय बनेका थिए।

वि.सं. २०१० सालमा जन्मिएका नेपाल २०५१ सालमा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बनेका बेला सञ्चार मन्त्री नियुक्त भएका थिए। त्यसपछि उनी शिक्षा मन्त्रीको जिम्मेवारीमा पनि रहे।उनी नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए।


 

तपाईको प्रतिक्रिया