इटहरी /इटहरी उपमहानगरपालिका–२०, तरहरामा निर्माणाधीन घरको छतबाट लडेर प्रहरी सहायक निरीक्षक ९असई० प्रेम कटवालको ज्यान गएको छ। आइतबार बिहान साढे ७ बजे आफ्नै दुईतले घरको छतमा पानी हाल्ने क्रममा चिप्लिएर लडेका कटवाललाई गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनी लडेपछि क्रंकीट र पानीको नालामा परेका थिए। घटनापछि प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो।
४५ वर्षीय कटवाल हाल धनकुटामा कार्यरत थिए। केही दिनअघि मात्र छुट्टीमा घर आएका उनी एक श्रीमती र दुई छोरीका अभिभावक थिए। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया