सुनसरी, सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ४ मालहट्टीस्थित क्षेत्रबाट लागू औषध गाँजासहित एक कार नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी अन्तर्गत इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बा.७.च.९२६३ नम्बरको मारुती सुजुकी कार चेकजाँच गर्ने क्रममा उक्त कारबाट ११६ केजी गाँजा बरामद गरिएको हो।
प्रहरीका अनुसार उक्त कार दुहबीबाट मोरङको बुढीगंगातर्फ जाँदै गरेको थियो। बिहान ८:३० बजेतिर शंका लागेर चेकजाँच गर्न खोज्दा चालक फरार अवस्थामा कार फेला परेको हो। कारको डिकीमा रहेको चारवटा जेब्रा झोलामा गाँजा प्याक गरेर राखिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।
हाल कार र बरामद गाँजा दुहबी प्रहरी कार्यालयमा राखिएको छ भने फरार चालकको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ !