सुनसरी, – ड्राइभिङ्ग स्कूल संघ नेपाल, कोशी प्रदेशको दोस्रो अधिवेशन तथा पाँचौं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा शिव श्रेष्ठको नेतृत्वमा नयाँ १३ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको छ।
कोशी प्रदेशको सुनसरीमा सम्पन्न अधिवेशनको उद्घाटन प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले गरेका थिए। प्रमुख अतिथि मन्त्री भण्डारीले ट्राफिक सुरक्षाको मूल आधारका रूपमा ड्राइभिङ्ग स्कूलहरूको महत्वलाई उल्लेख गर्दै गुणस्तरीय तालिममार्फत ट्राफिक अनुशासन मजबुत पार्न संघले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे।
उनले सरकार र संघबीच समन्वय कायम गर्दै ड्राइभर तालिमको मापदण्ड सुधार र लाइसेन्स प्रणाली पारदर्शी बनाउन ठोस पहल गरिने प्रतिवद्धता पनि जनाए। त्सतै मन्त्री भण्डारीले कोशी प्रदेशका यातायात कार्यालयहरुमा हुने विचौलियाको अनत्य समेत गर्ने बताए ।
अधिवेशनबाट अध्यक्षमा शिव श्रेष्ठ निर्विरोध चयन भएका छन्। त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा साधुराम थापा, उपाध्यक्षमा योगेन्द्र पोख्रेल, सचिवमा भूपेन थापा, सह(सचिवमा अनन्त घिमिरे र कोषाध्यक्षमा विकास राई चयन भएका छन्।
त्यसैगरी, सदस्यहरूमा अर्जुन पनेरु, सुमित्रा चौधरी, पर्शुराम निरौला, वसन्त बुढाथोकी, धर्मराज शाही, मिनकुमार खवास र बुद्ध राई रहेका छन्।
संघले आगामी दिनमा ट्राफिक सचेतना, दक्ष ड्राइभर उत्पादन र तालिमको गुणस्तर वृद्धि गर्न केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। यस अघि सघंका अध्यक्षमा बाबुराम प्रधान रहेका थिए