सुनसरी / सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगरसहित ११ जना व्यक्तिहरू पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही, सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–१ पुरीटोल र भोक्राहा नर्सिङ गाउँपालिका–६ ढलान रोडमा चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो।  वैशाख ४ गते दिउँसो १२स्३० बजेदेखि हिजो साँझ ७स्४५ बजेसम्म सञ्चालन गरिएको अपरेशनका क्रममा उनीहरूको साथबाट कुल ३५।२० ग्राम ९पैतिस ग्राम बीस मिलिग्राम० ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरू र उनीहरूसँग फेला परेका ब्राउन सुगरको विवरण  अनुसार करण चौधरी ९२००, रामधुनी–५, झुम्कास् २।३२० ग्राम पर्वत यादव ९४००, इटहरी–४, बुद्ध टोलस् २।९४० ग्राम ,रोमन चापाँगाई ९१९०, इटहरी–१, आँपगाछीस् १।५१० ग्राम ,मिलन तामाङ ९१९०, इटहरी–७, हरियाली टोलस् ३।२४० ग्राम , प्रेम कुमार राई ९४२०, सुन्दर हरैचा–५, मोरङस् ३।६२० ग्राम,अनिल खवास ९२५०, सुन्दर हरैचा–६, मोरङस् ०।९३० ग्राम,अजित श्रेष्ठ, ठेगाना खुलाइएको छैनस् ४।२४० ग्राम,सरोज विश्कर्मा ९२९०, धरान–८स् लागू औषध फेला परेन,किशोर ९३४०, ठेगाना खुलाइएको छैनस् ३।७०० ग्राम,दिपेश तामाङ ९३१०, सुन्दर हरैचा–५स् लागू औषध फेला परेन र निरन श्रेष्ठको साथ बाट ९२७०, धरान–१०स् १२।७० ग्राम ब्राउन सुगर बरामद गरिएको हो

उनीहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ल प्रहरी कार्यालय, सुनसरीमा राखी थप अनुसन्धान भइरहेको सुनसरी  प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले जानकारी दिनुभएको छ।

 

तपाईको प्रतिक्रिया