सुनसरी / खनार युवा क्लबको आयोजनामा भइरहेको खनार भेट्रान
फुटबल प्रतियोगिता २०८१ को आजको खेलमा धरान पुर्वेली फुटवल
क्लव र मोरङ्गको मङ्गवारेको भेट्र«ान क्वल उर्लावारी विच प्रतिस्पर्धा हुदैछ ।
यस प्रतियोगिता अन्तरगत हिजो भएको उधघाटन खेलमा मोरङ्गको
नेताचौक टाइगरले क्लवले ३ गोल गर्दै जित निकालेको छ ।
सुनसरीको इटहरी सगं भएको प्रतिस्पर्धामा इटहरीको जन्ता
भेट्र«ान फुटवल क्लवले २ गोलमा चित्त वुझाउनु परेको थियो ।
खेलमा नेताचौक टाइगरका निराजन वस्नेत म्यान अफ दि म्याच घोषित
भएका थिए । इटहरी–१२, खनार स्थित श्री शारदा माविको खेल मैदानमा आजदेखी सुरु भएको चैत ३० गतेसम्म सञ्चालन हुनेछ । उद्दघाटन खेल इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौड्लले खेलाडिहरुलाइ स्वागत गर्दै उधघाटन गर्नु भएको थियो ।
प्रतियोगितामा सुनसरी र मोरङ जिल्लाका आठ वटा टोली सहभागी छन् ।
प्रतियोगिताको विजेताले रु. ५०हजार रुपैया नगद पुरस्कार प्राप्त गर्नेछ
भने उपविजेताले रु. ३० हजार रुपैया नगद प्राप्त गर्नेछ । त्यस्तै,
उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट
फरवार्ड, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकर्ता, र उदयमान (राइजिङ)
खेलाडीलाई जनही रु. ५ हजारु रुपै।या पुरस्कार प्रदान गरिनेछ ।