
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष चन्द्रेश्वर सरदारलाई मातृशोक परेको छ। उहाँकी आमा चेप्टी सरदारको आज बिहान ७० वर्षको उमेरमा असामयिक निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
स्व. चेप्टी सरदारका श्रीमानसहित दुई छोरा र दुई छोरी रहेका छन्। उहाँको अन्त्येष्टि आज दिउँसो १२ बजे खनारस्थित बुढी खोलामा आफ्नो धार्मिक परम्परा विधिअनुसार सम्पन्न गरिने जानकारी प्राप्त भएको छ।
वडा अध्यक्ष सरदारलाई यस दुःखद घडीमा हार्दिक समवेदना व्यक्त गरिँदै स्व. चेप्टी सरदारको आत्माको चिरशान्तिको कामना गरिएको छ।





