सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहास्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ।

पकलीबाट चतरातर्फ जाँदै गरेको प्र.१-०२-०४३ प ५३०९ नम्बरको मोटरसाइकलले बाटो पार गर्दै गरेकी ७७ वर्षीया मनमाया गिरीलाई ठक्कर दिएको हो।
दुर्घटनापछि गम्भीर घाइते भएकी गिरीलाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक मोरङको केराबारी नगरपालिका–५ निवासी ३३ वर्षीय अनिल विकलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया