इटहरी / खनार युवा क्लबको आयोजनामा पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।
इटहरी–१२, खनार स्थित श्री शारदा माविको खेल मैदानमा यो प्रतियोगिता चैत २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा सुनसरी र मोरङ जिल्लाका आठ वटा टोली सहभागी छन् । ती टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह “ए“ मा जनता भेट्रान फुटबल क्लब (इटहरी, सुनसरी), नेताचोक टाइगर क्लब (ग्रामथान–६, मोरङ), सुन्दर भेट्रान (सुनदरहरैँचा, मोरङ), र दुहबी भेट्रान फुटबल क्लब (दुहबी, सुनसरी) रहेका छन् ।
 समूह “बी“ मा घरान पूर्वेली फुटबल क्लब (घरान, सुनसरी), मंगलबारे भेट्रान क्लब (उर्लाबारी, मोरङ), विराट बुद्ध स्पोट्र्स क्लब (विराटनगर, मोरङ), र आयोजक खनार युवा क्लब (इटहरी–१२, खनार, सुनसरी) रहेको खनार युवा क्लवका अध्यक्ष नेमलाल चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
प्रतियोगिताको विजेताले रु. ५०हजार रुपैया नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रु. ३० हजार रुपैया नगद प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकर्ता, र उदयमान (राइजिङ) खेलाडीलाई जनही रु. ५ हजारु रुपैया  पुरस्कार प्रदान गरिनेछ ।
आयोजक खनार युवा क्लबले यो प्रतियोगिता सफल बनाउन खेलप्रेमी, स्थानीय संघसंस्था, तथा विभिन्न सहयोगी संस्थाहरूसँग विशेष सहयोगको अपेक्षा गरेको छ । आज भएको पत्रकार सम्मेलनमा इटहरी १२ वडा अध्यक्ष भुवनराज पोख्रेलले यो खेलले खनारको नाम पुन खेल क्षेत्रमा उदियमान गनराउने बताउनु भयो । त्यसतै मनत्वका क्रममा इटहरी १३ का वडा अध्यक्ष चन्देश्वर सरकारले यो खेल सगै खनार युवा क्लवले आस्था र राजनितिक भन्दा माथि उठेर खेल प्रेमीहरुलाइ समेट्नेमा विश्वास व्यत्त गर्नु भयो ।
पत्रकार सम्मेलनमा इटहरी १२ का निवर्तमान वडा अध्यक्ष हिरा दाहाल,इटहरी १२ का वडा सदस्यहरु शिव मिश्र,सन्यास शाह,स्थानिय वुद्धिजि शेसक थानदारलगयत युवाहरुको उपस्थिी रहेको थियो ।

तपाईको प्रतिक्रिया