सुनसरी /स्वदेशी जुत्ता–चप्पलको प्रवद्र्धन र उपभोक्तालाई किफायती मूल्यमा गुणस्तरीय उत्पादन उपलब्ध गराउने उद्देश्यले इटहरीमा जुत्ता मेला सुरु भएको छ । जुत्ता चप्पल उत्पादक संघ नेपालको आयोजनामा सुरु भएको यो मेला इटहरीको पश्चिम लाइनस्थित सूर्य कम्प्लेक्सको अण्डरग्राउन्ड हलमा सञ्चालन भइरहेको छ।
विगतमा उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि पुनः इटहरीमा मेला आयोजना गरिएको हो। मेलामा विभिन्न ८ नेपाली कम्पनीका जुत्ता–चप्पल बजार मूल्यको तुलनामा झण्डै आधा सस्तो दरमा बिक्री भइरहेको मेला प्रतिनिधि अमित श्रेष्ठले बताउनु भयो ।
यसअघि धरान, उर्लाबारी लगायतका सहरमा समेत सफलता पाएको यो मेलाले इटहरीका उपभोक्तामाझ पनि उल्लेख्य आकर्षण बढ्ने अपेक्षा गरिएको छ । हिजो बुधबारदेखि कारोबार थालिएको मेला आज बिहीबार औपचारिक रूपमा उद्घाटन गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया