
सुनसरी – इटहरी उपमहानगरपालिकाको संयोजनमा आयोजना गरिने दोस्रो संस्करणको इटहरी मेयरकप अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ । आयोजक सेभेनस्टार क्लबले आज इटहरी उपमहानगरपालिकाको कार्यकक्षमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे विस्तृत जानकारी दिएको हो।
इटहरी–९ स्थित जनता क्रिकेट खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा झापा, मोरङ, सुनसरी, उदयपुर र धनकुटाका १८ वटा पालिकाका टिमहरू प्रतिस्पर्धामा उत्रने छन्। प्रतियोगिता १० दिनसम्म सञ्चालन हुने छ।
मुलुकमा पछिल्लो समय क्रिकेटले फड्को मारी रहेकोले इटहरी समेत क्रिकेटमा अगाडि बढिरहेकोमा इटहरी उमपहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौड्लले बताउनु भयो ।
प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले ५० हजार रुपैयाँ हात पार्नेछ। व्यक्तिगत उत्कृष्ट प्रदर्शनलाई सम्मानस्वरूप सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ प्रदान गरिनेछ। यस्तै, उत्कृष्ट बलर र क्याचरले जनही ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गने कार्याक्रम सयोंजक सिपी पौड्लले जानकारी दिनु भएको छ ्।
त्यसैगरी, प्रत्येक खेलको म्यान अफ द म्याच घोषित खेलाडीलाई १ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्न आयोजकले करिब १९ लाख ४० हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरेको छ।