सुनसरी / सुनसरी जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रहरूमा रगतको अभाव हुन थालेपछि रक्तदान कार्यक्रमहरू तीव्र रूपमा सञ्चालन हुन थालेको छ ! सोहि क्रममा, नेपाल रेडक्रस सोसाइटी खनार उप–शाखा तथा सोनी बचत तथा ऋण सहकारी संस्थाको सहआयोजनामा श्री सर्वेश्वर शिव मन्दिर अगाडि संयुक्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
शनिवार बिहान भएको उक्त रक्तदान कार्यक्रममा ५६ पिन्ट रगत संकलन गरिएको छ। यस रक्तदान कार्यक्रममा ५१ जना पुरुष तथा ५ जना महिलाले रक्तदान गरेका छन्।
कार्यक्रमका आयोजकहरूले रक्तदानको महत्वबारे प्रकाश पार्दै, समाजमा रक्तदानलाई प्रवद्र्धन गर्न यस्ता अभियानहरू निरन्तर सञ्चालन गरिने खनार रेड क्रसका सभापति सूर्यनारायण चौधरीले बताउनु भयो !
रक्तदान कार्यक्रमका सहभागीहरूले रक्तदानले नयाँ जीवन दिन सक्ने भएकोले आफूहरू यस किसिमका कार्यक्रमहरूमा पुनः सहभागी हुने प्रतिबद्धता व्यक्त गरे।
रक्तदान कार्यक्रममा नेपाल रेड क्रस सुनसरी जिल्ला शाखाले प्राविधिक सहयोग गरेका थिए ।