काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको उडान तथा अवतरण सेवा अस्थायी रूपमा बन्द गरिएको छ। राजावादी प्रदर्शनकारीहरूले विमानस्थल बाहिर आगजनी गरेपछि सुरक्षा कारण देखाउँदै उडान तथा अवतरण प्रभावित भएको हो।
विमानस्थल बन्द भएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू अन्य विमानस्थलमा डाइभर्ट गरिएको छ। सुरक्षाकर्मीहरूलाई तैनाथ गर्दै विमानस्थल क्षेत्रमा कडाइ गरिएको छ। स्थिति नियन्त्रणमा लिन प्रयास जारी रहेको प्रहरीले जनाएको छ।