इटहरी / दुई सय बिपन्न परिवारलाई पुर्ब मन्त्री चौधरीले न्यानो कपडा बाडि
बर्जू गाउँपालिका वडा नं ३ शिव मन्दिर परिसर करिव १०० जना तथा वडा नं ६ को दैता पोखरी मा आयोजित कार्यक्रममा करिव १०० जना गरी करिव २०० जना विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ।
सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद तथा पुर्व मन्त्री माननीय भगबती चौधरीज्यूको पहलमा स्वर्गीय बुवा मुक्तिनाथ घिमिरे तथा स्वर्गीय छोरा रोमन घिमिरेको स्मृतिमा बर्जू ५ निवासी समाजसेवी गोविन्द प्रसाद घिमिरेको आर्थिक सहयोगमा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको हो।
साथै सोहि कार्यक्रममा ११७ वर्षीय वृद्ध आमालाई ह्विल चेयर हस्तान्तरण गरिएको छ
बर्जू गा।पा। वडा नं ६ बस्ने वर्ष ११७ कि वृद्ध आमा सजी देवी यादव लाई हिड्डुल गर्न गाह्रो भएको भन्दै १ थान ह्विल चेयर मिलाई दिन परिवारले गरेको आग्रह अनुसार आज बर्जू ६ दैता पोखरीमा आयोजित न्यानो कपडा वितरण कार्यक्रममा निज वृद्ध आमा सजी देवी यादव लाई सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद तथा पुर्व मन्त्री माननीय भगबती चौधरीज्यूले १ थान ह्विल चेयर हस्तान्तरण गर्नुभएको छ।