सुनसरी / सुनसरीको कोसी गाउँपालिका–६ स्थित एक कृषि फार्ममा बर्डफ्लु भेटिएको छ । सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु पुष्टि गरेको हो ।
बर्डफ्लु भेटिएपछि जिल्ला प्रशासन कार्यालयमा आकस्मिक बैठक पछि सक्रमित क्षेत्रको पशुपक्षिं नष्ट गरिएको छ ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर मनोज कुमार मेहताका अनुसार वर्डफ्लु प्रभवित फर्ममा २५ हप्ताको २ सय ४८ हास,७ हप्ताको १ सय १९५ वटा हास २ वटा कुखुरा,२ वटा परेवा मटोमा पुरिएको छ । त्यसतै १० बोरा दाना र २० वोरा सुलि समेत खाल्डो खनेर नष्ट गरिएको डक्टर मेहताले जानकारी दिनु भयो ।
कृषि मन्त्रालयले बर्डफ्लु फैलन नदिन फार्मलाई केन्द्र मानेर पूर्वमा ५० मिटर, पश्चिममा २०० मिटर, उत्तरमा १५० मिटर, र दक्षिणमा ३०० मिटरको दूरी तोकी नियन्त्रण गरिएको छ । सो क्षेत्रलाइ पुर्ण रुपमा सेनिटाइज समेत गरिने उहाँले बताउनु भयो ।

तपाईको प्रतिक्रिया