सुनसरी /धरान फुटबल क्लब इटहरीमा जारी १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज इटहरी रंगशालामा भएको चौथो क्वाटरफाइनल खेलमा धरान फुटबल क्लबले चर्च ब्वाइज यूनाइटेड क्लबलाई हराएर सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा धरानले चर्च ब्वाइजलाई २–१ गोलको अन्तरले पराजित गरियो । खेलको पहिलो हाफको ४७ औं मिनेटमा धरानका दोर्जे तामाङ्ले गोल गरे । खेलको दोस्रो हाफको ५७ औं मिनेटमा विवेक राईले गोल गरे । चर्च ब्वाइजका तर्फबाट भने खेलको ८४ औं मिनेटमा टीम क्याप्टेन अन्नत तामाङ्ले गोल गरे ।
फागुन १० गतेसम्म चल्ने गोल्डकपको विजेतालाई नगद १० लाख र उपविजेतालाई पाँच लाख प्रदान गरिनेछ ।
खेलमा सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ ।