सुनसरी /नेपाल सरकार र स्वीस विकास सहयोग संस्था एसडिसिको सहकार्यमा आयोजित “मोटरेबल स्थानीय सडक पुल कार्यक्रम अन्तर्गत “प्रान्तीय पुल सूचना व्यवस्थापन प्रणाली“सम्बन्धी दुई–दिने तालिम सम्पन्न भएको छ ।
सुनसरीको इटहरीमा आयोजित तालिममा प्रान्तीय पुलहरूको प्रभावकारी व्यवस्थापन, अनुगमन र डाटाबेस व्यवस्थापन गर्ने क्षमतामा सुधार ल्याउने विषयमा सहभागिहरुलाइ प्रशिक्षण दिइएको थियो ।
प्रदेश सरकारको पुल सम्वन्धी र अन्य सुचनाहरुलाइ समेत व्यवथित गर्न नयाँ प्रविधिहरुलाइ प्रयोगमा ल्याउनु पर्ने समापन कार्याक्रममा कोशी प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयका प्रवत्ता रमेश कुमार श्रेष्ठले बताउनु भयो ।
तलिममा कोशी प्रदेशका १४ जिल्लाका भौतिक पुर्वधार कार्याहरुका प्रमुख तथा सरकारी अधिकारीहरू, प्राविधिकहरू र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। यो तालिमले प्रदेश स्तरमा पुलहरूको दिगो व्यवस्थापन र विकासको लागि महत्त्वपूर्ण आधारशीला निर्माण गरेको आयोजक मोटरेबल स्थानीय सडक पुल कार्यक्रमका कोशी प्रदेश प्रमुख सुर्य नारायण चौधरीले बताउनु भयो ।
कोशी प्रदेश अन्तगरत निर्माण हुने पक्कि पुलहरुको प्राविधिक सहयोग स्विस सरकारले गर्दै आएको छ । सोहि अन्तगरत नेपाल सरकार मताहातका इन्जिनियरहरु तथा प्राविधिहरुलाइ प्रविधि मैत्रि बनाउने कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।
तालिममा स्थानीय सडक पुल सहयोग इकाई ललितपुरबाट प्राविधिक सहयोग प्रदान गरिएको थियो भने सिभिल इन्फरमेटिक्स एण्ड सोलुसन्स प्रा.लि.“ र “एमईएच कन्सल्टेन्ट्स प्रा.लि.“ ले सहकार्य गरेका थिए ।