इटहरी/इटहरी उपमहानगरपालिका वडा नम्बर १२ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तेस्रो वडा अधिवेसनले अध्यक्षमा शिव कुमार सरदार सर्बसम्मत चयन भएको छ ।
सर्वसम्मत वडा कमिटी वनाउन एक महिनादेखी वडा अधिवेसनको प्रक्रिया सर्दै आएको थियो । आन्तरिक छलफल पछि अध्यक्ष सरदारको अध्यक्षतामा २४ सदस्यीय कमिटी चयन भएको हो ।
कमिटीको उपाध्यक्षमा अनिता कटुवाल,सचिवमा नवराज पोख्रेल,उपसचिवमा बिनोद शाह र प्रतिमा भुजेल रहेका छन् ।
त्यतसै सदस्यहरुमा महेश चौधरी,विन्दु सरदार,धन प्रसाद चापागाइ,अन्जना पोख्रेल,नानु पौडेल,शेखर शाहि,वसन्त थापा,सत्य नारायण चौधरी,अन्जना नेपाल,श्याम कुमार चौधरी,उमाकान्त शाह,फेकन सरदार(नविनं) विनय राम कार्कि,शान्ता कार्कि,शान्ता अधिकारी,महिमा सुन्दास,सविता राजवंसी,मों सविर मीया ,लिला भुजेल र शिव मिश्रा रहेका छन् ।
वडा कमिटीको तेस्रो अधिबेशन एमाले पार्टी केन्द्रिय कमिटी सदस्य तथा संघीय निर्वाचन क्षेत्र न.३ इन्चार्ज भगवती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न थियो ।।
नेकपा एमाले वडा अध्यक्ष सरदारले सवैको साथ र सहयोगले वडाको सगंठनलाइ अझै सशत्त बनाएर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् ।