इटहरी / भारततर्फ तस्करी हुन लागेको १५५ केजी गाँजा लोड भएको स्कारपियो गाडी र दुई जना कारोबारीलाई मोरङ प्रहरीले मंगलबार पक्राउ ग¥यो । गाँजासहित पक्राउ पर्नेहरूमा सुनसरी, धरान उपमहानगरपालिका– १२ का २४ वर्षीय राहुल विश्वकर्मा र धनकुटा सहिदभूमि गाउँपालिका वडा नं। ६ बस्ने वर्ष १९ का सुरज राई छन् ।

राहुल चालक हुन् भने गाँजा ल्याउने सुरज स्कारपियोमा सवार थिए । यसअघि सशस्त्र प्रहरी बल सुनसरीबाट खटिएको टोलीले भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रबाट १४८ केजी गाँजा बरामद गरेको थियो । खुला सीमाका कारण गाँजा रोक्न चुनौती रहेको उनको भनाइ छ । ‘यसको बजार धेरै ठुलो छ, रोक्नु हाम्रा लागि निकै चुनौती छ,’ उनले भने । गाँजालाई प्रशोधन गरी चरेस बनाइन्छ । औषधिमा समेत यसको प्रयोग हुन्छ । कानुनले वर्जित गरेको लागुऔषधको धन्दामा संलग्न रहेकाहरूले विभिन्न उपाय लगाएर ओसारपसार गर्न थालेको पाइएको डीआइजी अधिकारीले बताए ।

बारीमा किसानले १ किलो गाँजाको २५ सयदेखि चार हजार रुपैयाँसम्म पाउँछन् । विराटनगर आइपुग्दा २० हजार रुपैयाँ प्रतिकिलो मूल्य पुग्छ भने भारत पुग्दा २५ देखि ३० हजारभन्दा बढीमा कारोबार हुने भएकाले गाँजाको तस्करी हुने गरेको सुरक्षा निकायका अधिकारी बताउँछन् ।

 

तपाईको प्रतिक्रिया