सुनसरी /सुनसरी जिललामा पछिल्लो समय हिउँदे मौसममा लगाइने तोरी खेती किसानले कम लगाउन थालेका छन् । तोरी खेतीभन्दा मकै खेतीबाट फाइदा हुन थालेपछि किसानको आकर्षण मकै खेतीतर्फ बढ्न थालेको छ । जसका कारणले जिल्लामै तोरी खेती यस वर्ष कम भएको छ ।
कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठका अनुसार तोरी खेतीभन्दा मकै खेतीमा किसानको आकर्षण बढ्दा जिल्लामा यस वर्ष तोरी खेती घटेको हो । तोरी खेतीभन्दा मकै खेतीमा फाइदा हुने भएपछि किसान तोरी खेती घटाएर मकै खेती गर्न थालेका उहाँले जानकारी दिनुभयो ।
सुनसरीमा गत वर्ष नौ हजार २ सय ७० हेक्टर क्षेत्रफलमा तोरी खेती भएकोमा यस वर्ष नौ हजार १ सय ७० हेक्टर क्षेत्रफलमा मात्रै तोरी खेती लगाइएको छ ।
जिल्लाको इनरुवा, वराहक्षेत्र, रामधुनी, भोव्रmाहा नरसिंह, हनिनगर, कोशी, देवानगन्ज, बर्जु, गढी गाउँपालिकामा व्यावसायिक रूपमा किसानले तोरी लगाउदै आएका छन् ।
तोरी बाली समशीतोष्ण जलवायु बाली भएकाले यसले धेरै चिसो र कुहिरो सहन सक्दैन । बढी चिसो र कुहिरो लागेका बेला उत्पादनमा कमी आउने गर्दछ ।