इटहरी / कोशी राजमार्गको खनार सड्क खण्डमा पर्ने कालि मन्दिर अगाडि आज भएको सवारी दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् ।
इटहरी १३ मा पर्ने सो सड्क खण्डमा इटहरी तर्फ आउदै गरेको प्र १.०१ ००२ त ०२४९ नम्बरको ट्याक्टरमा सोहि दिसावाट आउदै गरेको प्र १.०२.०४८ प ३४९७ नम्बरको मोटरसाइकल ठोक्दिा मोटरसाइक चालक रंगेली वडा नम्बर ६ वस्ने ४३ वर्षिय वलराम सरदारको मृत्यु भएको छ ।
दुर्घनामा परी गम्भिर घाइते भएका सरदारको उपचारका क्रममा विराटनगर स्थित विराट टिचिङ्ग हस्पिटलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सड्क दुर्घटनामा पर्ने ट्याक्टर र चालक दुहबी वडा नम्बर १० घर भएका २३ वर्षीय अभिराम धामी इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको खनार ट्राफिक प्रहरीका प्रहरी सहायक निरीक्षक (असइ)राजाराम यादवले जानकारी दिनु भएको छ ।