इटहरी  / इटहरीमा मोटरसाइकल र स्कुटर एकापसमा दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।

इटहरी १३ खनारस्थित काली मन्दिर अगाडि उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०५६ प ७५५६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर आएर बाटो क्रस गदै गरेको मे ४ प ८९१ नम्बरको स्कुटर एकापसमा ठक्कर भएर दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक स्थानीय अन्दाजी ५४ वर्षीय गोपाल रिजालको मृत्यु भएको खनार ट्राफिक प्रहरीका प्रमुख प्रहरी सहायक निरीक्षक रजाराम यादवले जानकारी दिनु भएको छ ।
‘दुर्घटनामा टाउकोमा गम्भीर चोट थियो, उपचारको क्रममा विराट टिचिङ हस्पिटलमा साँझ ६ बजेतिर मृत्यु भएको हो,’ यादवले बताउन भयो । घाइते भएका तीनजनाको उपचार भइरहेको छ ।’

उनका अनुसार साँझ ५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका रिजाललाई उपचारका लागि तत्कालै विराटमा पठाइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

सोही स्कुटर पछाडि सवार अन्दाजी ३३ वर्षीया बबिता रिजाल घाइते भएकी छन् । उनको खुट्टामा चोट लागेको छ ।

घाइते रहेकी बबिताको सोही अस्पतालमा उपचार भइरहेको छ । मृतक गोपाल र बबिता ससुरा–बुहारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ।

यसैगरी मोटरसाइकल चालक कोसी गाउँपालिका ८ बस्ने अन्दाजी २६ वर्षीय आशिक आलम र पछाडि सवार इटहरी १४ बस्ने अन्दाजी २५ वर्षीया विनिता पाठक घाइते भएका छन् । उनीहरूको गोल्डेन हस्पिटल विराटनगरमा उपचार भइरहेको छ ।

आशिकको टाउकोमा चोट लागेको छ भने विनिताको अनुहार र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

ढेड महिनाको अवधीम इटहरीको विभिन्न क्षेत्रमा सडक दुर्घटनाका कारण ६ जनाले ज्यान गुमाएका छन भने एक दर्जन मानिस घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया