काठमाडौं / लोकप्रिय समाजिक सञ्जाल टिकट नेपालमा सूचीकृत भएको छ। सरकारले ल्याएको नियम अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत टिकटक सूचीकृत भएको छ।
मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार सबैभन्दा पहिला भाइबार र त्यसपछि वीटल्क सूचीकृत भएको थियो। त्यसपछि अहिले टिकटक पनि सूचीकृत भएको हो। नेपालमा सूचीकृत भएर स्थानीय कन्टेन्टलाई शुद्धीकरण गर्न भन्दै सरकारले मापदण्ड ल्याएको छ।
सरकारले कार्यविधि अनुसार टिकटक जस्तै अरु सबै प्ल्याटफर्मलाई अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ।
सबैभन्दा धेरै प्रभाव हुने गुगल, मेटा लगायतले भने अहिलेसम्म सम्पर्क गरेका छैनन्। यद्यपि यी कम्पनीका तर्फबाट प्रतिनिधिमूलक संस्थाले भने यसअघि सम्पर्क गरेको थियो।