इटहरी /  नेकपा एमाले इटहरी उपमहानगरपालिका वडा नम्बर १२ ले आइतवार चाडपर्व लक्षित चियापान कार्यक्रमको आयोजना गरेको छ ।
एमाले पार्टिका कार्यवाहक वडा अध्यक्ष शिवकुमार सरदारको तर्फवाट नेपालीको महान् चाड बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको हो ।
चियापान कार्यक्रम पार्टीको खनार स्थित कार्यालयको प्रागणमा आयोजना गरिएको  छ । शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका सभासद रोहित वाहादुर कार्किले शुभकामना व्यत्त गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेशका जिल्ला सदस्य सुबोधप्रसाद घिमिरे,नागरिक उन्मुर्मि पार्टिका इटहरी नगर अध्यक्ष शेसक थानदार,नेकपा माओवादीका इटहरी १२ खनारका अध्यक्ष सचिन नेपालले शुभकामना व्यत्त गर्नु भएको थियो ।
त्यसतै नेकपा एमालेका अग्रज स्थानिय नेताहरु हरि राइ,नेकपा एमाले इटहरी १२ का इन्चार्ज सुरेश कार्किले कार्यक्रममा शुभकामना मनत्वय व्यत्त गर्नु भएको थियो । त्यसै गरी स्थानिय नागरिक समाजका अगुवा राजेन्द्रप्रसाद वास्तोला र स्थानिय सडक पुल कार्यक्रम इकाइका कोशी प्रदेश प्रमुख तथा नेपाल रेडक्रस सोसाइटि उपशाखा खनारका सभापती सुर्यनारायण चौधरीले समेत सुभकामना व्यत्त गर्नु भएको थियो ।
सधै पार्टिहरु एक अर्का विच प्रतिस्पर्धी जस्तोमा मात्र देखिने भएकोले यो शुभकामना आदान प्रदान कार्यक्रमले भाइचाराको विकास समेत गर्ने आयोजक तथा नेकपा एमाले इटहरी वडा नम्बर १२ का पार्टि अध्यक्ष शिवकुमार सरदारले बताउनु भयो ।
कार्यक्रमका शुभकामना मनत्वय दिदै पार्टि अध्यक्ष सरदारले पार्टि फरक फरक भएपनि स्थानिय विकासमा सवै एक भर अगािड वढ्नु पर्ने बताए ।
चियापान कार्यक्रममा स्थानिय क्रियाशील राजनीतिक दलका नेताहरू, विभिन्न सघंसस्थाका व्यत्तिहरु,तथा सर्वसाधारणहरुको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया