सुनसरी / नेपालीहरुको महाचाड बडादशै सुरुसगै आज महासप्तमीको दिन पारेर प्रत्येक बर्ष झै यस बर्षपनि सुनसरीमा फु्लपाती धुमधामका साथ भित्राइएको हो ।
सुनसरीको धरानमा रहेको दन्तकालाी मन्दिरमा धुमधामका साथ नेपाली सेना,नेपालप्रहरी,शसस्त्र प्रहरीको बाजागाजा सहित फुलपाती भित्रियाएका छन् । त्यसतै जिल्लाको इनरुवा,खनार,दुहवी,झुम्कासहितका स्थानमा भव्यताकसाथ फुलपाती भित्रिइएको छ ।
फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका पातहरूलाई पुजेर प्रत्येकको नौ वटाका दरले दुर्गापूजा गरेको स्थानमा भित्राइन्छ । नौ प्रजातीका पातमा क्रमशः ब्रहृमाणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आव्हान गरेर सोह्र सामग्रीले पुजिन्छ । यसलाई नवपत्रिका पनि भनिन्छ ।