विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने हुनु भएको छ । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नु भएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोश्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा गएको साउन ११ गते माओवादीले कोशी प्रदेशमा सरकारबाट बाहिरीएको थियो । सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा काँग्रेस सहभागी भएको छ । संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्रीमा नियुक्त हुन भएका कार्कीले दोश्रो पटक लिन लागेको विश्वासको मत लिन लाग्नु भएको हो । ९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् भने सत्ताघटक काँग्रेसका २९ सांसद रहेका छन् । कोशी प्रदेश सभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । गत बैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनु भएका कार्कीले पहिलो पटक बैशाख ३१ गते विश्वासको मत लिनु भएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धरानमा ब्राउन सुगरसहित एकजना युवक पक्राउ !
धरान, सुनसरीको धरान उप-महानगरपालिका वडा नम्बर १६ स्थित जोरसखुवा भुमीपथबाट लागू औषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका...
४९ औं दिनसम्म पनि विराटनगर नगएका सहसचिव मेहता, भन्छन् – “मेयरले नआउन भनेपछि गइनँ”
इटहरी /संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख ९ गते मन्त्रिपरिषद्को निर्णयअनुसार ४७ सहसचिवहरूको सरुवा सूची स...
अत्यधिक गर्मीका कारण सुनसरीका विद्यालयहरू धमाधम बन्द, विद्यार्थीको स्वास्थ्यमा खतरा !
सुनसरी, हाल देशभरि चर्को गर्मीको लहर जारी रहेको बेला सुनसरी जिल्लामा तापक्रम अत्यधिक बढेपछि विद्यालयहरू एकपछि अर्को गर्द...
मनसुन कोशी प्रदेशबाटै फर्कियो, देशभर तापक्रम वृद्धि !
सुनसरी / जेठ १६ – नेपालमा यस वर्ष मनसुन सामान्य समयभन्दा १५ दिन अघि, जेठ १५ गते, कोशी प्रदेश हुँदै प्रवेश गरेको थियो। तर...
कोशी प्रदेशमा विपद् न्यूनीकरणको लागि बीमा र बस्ती स्थानान्तरण सुरु हुने !
विराटनगर, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...
अलपत्र पारिएको तरहरा–धरान ६ लेन सडक : प्रशासनको सात दिनको अल्टिमेटम !
सुनसरी, सुनसरीको तरहरा–धरान खण्डमा निर्माणाधीन ६ लेन सडकको काम ठप्प भएपछि जिल्ला प्रशासन कार...