सुनसरी /अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज सुनसरीमा समेत मनाइँदै छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा सुनसरीको धरान इटहरी,इनरुवा,खनार र दुहवीमा रहेको गाणेश भगवनाको मन्दिरहरुमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।
शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ। हरितालिका (तीज)को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ। भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ।
यसै विच इटहरी उपमहानगरपालिका १३ स्थित गणेश भगवानको मन्दिरमा समेत भव्यरुपमा पुजाआजा गरी गणेश चतुर्थी मनाइएको छ ।पुजामा स्थानिय बुद्धिजिवी,नागरकि समाजलगायतको उपस्थिती रहेको थियो । करिव दुइ दशक अघि स्थानिय व्यत्तिहरुको सहयोगमा निर्माण भएको यो मन्दिरमा वर्षेनी भव्यरुपमा यो पर्व मनाउदै आएको छ ।

 

तपाईको प्रतिक्रिया