विराटनगर । कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि हेल्लो सिएम सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हेल्लो सिएम सेवाको सुरुवात गर्नुभएको हो । गुनासो व्यवस्थापनको लागि भिन्दै कक्ष राखि २४सै घण्टा जनताको गुनासो सुन्न सकिने गरी व्यवस्थापन गरी यो सुरुवात गरिएको छ । प्रदेश सुशासन ऐन २०७६ अनुसार यो हेल्लो सिएम सुरु गरिएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो सुरुवातले सासकीय सुधारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले सरकारका विभिन्न सेवा र निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन हेल्लो सिएम महत्वपूर्ण हुने बताउनुभयो । सुशासनबाट नै जनतालाई राहत दिन सकिने भएकाले यसलाई प्रभावकारी सञ्चालन गर्न कर्मचारीलाई मुख्यमन्त्री कार्कीले निर्देशन दिनुभयो । जनताको जीउधन र विपद्सँग जोडिएका आपत्कालिन काममा पनि यो प्रभावकारी हुने विश्वास मुख्यमन्त्री कार्कीले व्यक्त गर्नुभयो । प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले अहिलेको सरकार निर्माण भएपछि सासकीय सुधारमा उल्लेख्य प्रगति भएको चर्चा गर्दै यो सेवाले थप सुशासन वृद्धि हुने बताउनुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भिन्दै कक्ष निर्माण गरी कर्मचारीको समेत व्यवस्थापन गरेर हेल्लो सिएम सञ्चालनमा ल्याइएको हो । कोशी प्रदेश सरकारसँग भएका गुनासा वा अन्य सहयोगका लागि टोल फ्रि नम्बर १६६०२१५२००२ मा फोन गर्न सकिने छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पूर्वपश्चिम राजमार्गमा भेटियो ४ वटा सिलिन्डर बम !
इटहरी /पूर्वपश्चिम राजमार्गमा ४ वटा सिलिन्डर बम भेटिएको छ । राजमार्ग विस्तारको क्रममा मोरङको सुन्दरहरैँचा नगरपालिका स्थि...
पूर्वी नाकाबाट पर्यटकको आगमन बढ्यो !
झापा । स्थलमार्ग हुँदै पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढेको छ । अध्यागमन कार्य...
लेखा समिति सभापतिका पूर्वस्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी !
काठमाडौं । प्रहरीले नेकपा ९एमाले०का सांसद एवम् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्...
इटहरी १२ मा एमाले अध्यक्षमा सरदार सर्वसम्मत !
इटहरी/इटहरी उपमहानगरपालिका वडा नम्बर १२ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तेस्रो वडा अधिवेसनले अध्यक्षमा शिव कुमार स...
सुनसरी र मोरङ गाँजा तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’,खुला सीमाका कारण गाँजा रोक्न चुनौती !
इटहरी / भारततर्फ तस्करी हुन लागेको १५५ केजी गाँजा लोड भएको स्कारपियो गाडी र दुई जना कारोबारीलाई मोरङ प्रहरीले मंगलबार पक...
खनारका सञ्जय मगरले खिचेको तस्विर बन्यो उत्कृष्ट
काठमाडौं / फोटोग्राफर सञ्जय मगरले विवाहोत्सवमा खिचेको तस्विर उत्कृष्ट घोषित भएको छ । काठमाडौं फोटोग्राफर संघले आयोजना गर...