सुनसरी / तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा सुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव यो वषएर्कै उच्च मापन गरिएको छ ।
पुर्वी पाहाडि क्षेत्रमा केहि दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको बहावमा वृद्धि भएको कोशी व्यारेज स्थित प्रहरी चौकिले जनाएको छ ।
आज विहान ७ बजेर ३० मिनटमा कोशी कन्ट्रोल कक्षले गरेको मापन अनुसार कोशी ब्यारेज भएर ३ लाख ४२ हजार ५ सय २० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको कोशी व्यरेज प्रहरी चौकिका प्रहरी नायव निरिक्षक सुभाषचन्द्र सुनुवारले जानकारी दिनु भएको छ । कोशी व्यारेजको ५६ ढोका मध्ये अहिले ४६ ढोका खुला गरिएको छ । पानीको वहान निरन्तर वढ्न थालेपछि कोशीको पुलमा रोतो वत्ति वालिएको छ भने खतरको सेकंत गर्दै रातो झण्डा समेत रारिखएको छ ।
कोशीमा पानीको वहाव बढ्ने क्रम शुरु भएसगै कोशी आसपासका क्षेत्रका वासिन्दालाइ सर्तक रहन स्थानिय प्रसासनले आग्रह समेत गरेको छ ।