सुनसरी
आज विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ।
विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको मनन गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले जुन १, २००१ बाट विश्व दूध दिवस मनाउन सुरु गरी २४औँ अन्तर्राष्ट्रिय विश्व दूध दिवस आज मनाइदै छ ।
यसै विच आज सुनसरीको विभिन्न स्थानमा समेत आज विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइदै छ । सोहि अन्तरगत इटहरी स्थित दुद्य उत्पादक सहकारी सस्थां लिमिटेडले यो दिवस मनाएको छ ।
हातमा विभिन्न नारा लेखिएको प्लोकार्ड वोकेर इटहरी चौक दुद्य उत्पादक किसानहरुले परिक्रमा गरेका छन् । यो दिवस मनाइरहदा सुनसरीका सयौ किसानहरुले १८ महिनादेखी दुधको भुत्तानी नपाइएको गुनासे समेत गरेका छन् । त्यसतै सरकारले दिदै आएको अनुदान समेत कटौती गर्दा साना किसान मारमा परकोेको सुनसरी दुध उत्पादक सघंका अध्यक्ष राजन धमलाले गुनासो गर्नु भएको छ ।
सरकारले पशु विमा र साना किसानकालागी चिस्यानमा रोकिएको अनुदा पुन सुरु गर्न सरकारसगं सुनसरीका किसानहरु माग गरेका छन ।
दैनिक गुणस्तरीय दूध पिउन जनचेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न जनचेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।