सुनसरी /सुनसरीको धार्मिक स्थल चतराधाममा लागिरहेको बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा मङ्गलवार एकै दिन २ लाख भन्ँदा वढि भत्तजनहरुले कौशीकि नदीमा स्नान गरेका छन् ।
शाहि स्नान भएकाले समेत यति धेरै भत्तजनहरुले कौशिकि नदीमा स्नान गरेको अयोजकको भनाइ रहेको छ । कुम्भको एक महिनाको अवधिमा ५ वटा शाहि स्नान हुने गर्द छ । विसिष्ट स्नान मानिने शाहि स्नान एक महिनामा ५ दिन पर्दछ ।
कुम्भ मेलाको सुरु भएको १५ दिन सम्म आइपुग्दा करिव ६ लाख भत्तजनले कुम्भ स्नान गरेको अयोजकले जनाएको छ ।
महाकुम्भ स्नानपछि कुम्भ घडामा जलअर्पणसँगै कौशिकि किनारमा भत्तजनले पुर्जा अर्चना गरेका छन् । चैत्र २७ गते सरु भएको यो मेला वैशाख २८ गत सम्म लाग्ने छ ।
समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको लुछातानीको क्रममा अमृतको थोपा झरेको भारतको मध्यप्रदेशस्थित उज्जैन, प्रयाग, महाराष्ट्र स्थित नासिक र उत्तराखण्डस्थित हरिद्वारमा कुम्भ मेला लाग्दै आएको र नेपालको चतराधाममा अमृतको तर भेटिएकोले यसको महत्व र महिमा ठुलो रहेकोले नेपालमा समेत कुम्भ मेलाको अयोजना गर्न थालिएको हो ।
कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।