सुनसरी / सुनसरीको खनार स्थि शर्वेश्वर शिव मन्दिरमा गए राती विहे गर्न आइपुगेका जोडिकालागी मन्दिरको पुजारीले गेट नखोलिपछि उधोगमा कार्यरत शिहं थरका मजदुरले मन्दिरको मुल गेटमानै वेहुलीलाइ सिन्दुरदान गरेर विवाह सम्पन्न गरेका छन् ।
वेहुला वेहुली सहित करिव २५ र ३० जनाको समुहमा आएका सर्वसाधारणले आचानक विवाह गर्नु पर्ने अवस्था आएका कारण राति करिव १० बजे मन्दिर पुगेका थिए । तर मन्दिर भित्र रहेका पुजारी परिवारले २१ सय रुपैया विवाह खर्च र ५ सय मन्दिर प्रवेस शुल्क मागेको थियो । तर आफुसगं २ सय ५० रुपैया मात्र रहेको उनीहरुले बताएपछि वेहुला वेहुली मन्दिरमा प्रवेश नपाएका हुन् । अनी मुल गेटमानै विवाह सम्पन्न गरिएको हो ।
यता पैसाकै कारण गरिवले मन्दिरमा प्रवेश नपाउनु दुखःद भएको इटहरी उपमहानगरपालिका १२ का वडाअध्यक्ष भुवन पोख्रेलले बताउनु भएको छ ।
घटना सुन्ने वित्तिक्कै मन्दिर प्रागणमा आइपुग्नु भएका अध्यक्ष पोख्रेलले पैसा हुने र नहुने सवैकालागी  मन्दिर २४ घण्टा खुल्ला हुनु पर्ने भन्दै मन्दिर समितिका अध्यक्ष दुर्गा पोख्रेललाइ तत्काल मन्दिर खोल्न चेतावनी दिएपछि मन्दिरको ढोका खोलिएका थिए । अन्नत नव विवाहित जोडिले मन्दिरमा प्रवेश गरेर भगवानको आशिर्वाद लिएका थिए ।
विवाह स्थलमा उपस्थित १२ का जनप्रतिनिधि सन्यास शाहले स्थानिय युवा सचिन नेपाललगायतले मन्दिर समितिको मनोमानी दुखःद भएको बताए ।
यस अघि समेत मन्दिर समितिले क्रिया पुत्रलाइ वस्न नदिएर विवादमा आएको थियो । त्यसतै मन्दिरको करिव ५० लाख रुपैया वैकंवाट झिकेर शहकारीमा राखेको विषय खनारमा चर्चाको विषय वनेको छ । पछिल्लो समय शहकारीहरुको जोखिममा पर्दै गएको अवस्थामा यसरी वैंकवाट ठुलो रकम शहकारीमा सार्नु शंकास्पद रहेको स्थानियको वुझाइ रहेको छ ।

तपाईको प्रतिक्रिया