काठमाडौं । बंगुर र सुँगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर प्रकोप रोग नेपालमा पुनस् फैलिएको छ । खासगरी, लमजुङ, तनहुँ र कास्कीमा उक्त रोग देखा परेको पशु सेवा विभागले जनाएको छ ।

विभागले एक विज्ञप्ति जारी गर्दै तीन जिल्लामा त्यहाँका किसानले पालेका बंगुररसुँगुरमा उक्त रोग पुष्टि भएको जनाएको छ । रोगको अन्वेशण र अनुसन्धान गरि रोकथामका लागि पशु सेवा विभाग, प्रदेश सरकार र स्थानीय सरकारबीच स्थलगत रुपमा उपचार र सर्भिलेन्सको कार्य भइरहेको जनाएको छ ।

उक्त रोग संक्रमण लागेको पशुमा उच्च ज्वरो आउनेलगायतका लक्षण देखा पर्छन । त्यस्तो लक्षण र संक्रमण देखा परेमा तुरुन्त जानकारी दिन विभागले किसानलाई अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया