14199562_1238694616172295_12132469203295522_n

 

 

सन्तोष यादव ।

सुनसरी ,भदौ २९ गते । इटहरी उपमहानगरपालिकाका सव ओभरसियर नरेश श्रेष्ठलाई सेवाग्राहीसँग १० हजार रुपैयाँ घुँस लिदै गर्दा अख्तियारले पक्राउ गरेको छ ।

इटहरी उप–महानगरपालिका वाडा नम्बर ६का सेवाग्राही देबनारायण चौधरीसँग १० हजार रुपैयाँ घसु लिदै गर्दा अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । १८ बर्षदेखि ओभरसियरको रुपमा काम गर्दै आउनु भएका श्रेष्ठलाई नगरपालिका अगाडी रहेको एक कम्युनिकेसन सेन्टरबाट अख्तियारको टोलीले पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालय इटहरीको टोलीले श्रेष्ठलाई पक्राउ गरि अनुसन्धान थालेको छ । श्रेष्ठले ड्रेन निर्मणको योजना पास गरिदिए बापत चौधरीसँग घुस माग्दै आउनु भएको थियो । ड्रेन निर्माणका नगरपालिका बाट ५ लाख रुपैयाँको योजना परेको थियो । योजना अनुसार श्रेष्ठले ५ प्रतिसत कमिसन बपत घुस माग्दै आउनु भएको चौधरीले बताउनु भयो ।घुस नदिई योजना पास नगरिदिएपछि चौधरीले घुस दिन सहमति जनाउनु भएको बताउनु भयो । श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेपछि सर्वसधारणले घुस्याहा कर्मचारीका बिरुद्ध नाराबाजी समेत गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख रबिन्द्रप्रताप साहाले सुचनाका आधारमा उहाँलाई पक्राउ गरेको बताउनु भयो ।

 

 

तपाईको प्रतिक्रिया