एजेन्सी
मुम्बई प्रहरीले शिल्पा शेट्टीका श्रीमान् तथा कारोबारी राज कुन्द्रालाई पक्राउ गरेको छ । उनलाई पोर्नोग्राफिक फिल्म बनाएको र त्यसलाई कुनै ऐपमार्फत् सार्वजनकि गरेको आरोपमा पक्राउ गरिएको छ ।

मुम्बई प्रहरीका अनुसार क्राइम ब्रान्चमा फेब्रुअरी सन् २०२१ मा एक आरोप दर्ता भएको थियो । यसको अनुसन्धान गर्ने क्रममा सोमबार राज कुन्द्रालाई पक्राउ गरिएको हो । प्रहरीले राज कुन्द्रा यसमा समावेश भएको कुरामा पर्याप्त प्रमाण भएको दाबी गरेको छ । प्रहरीले आफ्नो बयानमा घटनाबारे अहिले पनि अनुसन्धान जारी रहेको बताएको छ ।

हालसम्म राज कुन्द्राको परिवार वा शिल्पा शेट्टीको तर्फबाट कुनै बयान जारी गरिएको छैन । मुम्बई प्रहरीले राज कुन्द्रालाई मंगलबार अदालतमा पेश गर्नेछ ।

यसै वर्ष फेब्रुअरीमा मुम्बई प्रहरीले एक समूह गठन गरेर ग्रीन पार्क बंगलामा छापमा मारेको थियो । प्रहरीले यो कारवाही त्यहाँ पोर्न फिल्मको सुटिङको सूचना पाएपछि गरेको थियो ।

यतिबेला प्रहरीले पाँचजनालाई पक्राउ गरेको थियो र एक युवतीलाई रिहा पनि गरिएको थियो । पक्राउ परेका पाँच जनामध्ये दुई अभिनेता र दुई युवती समावेश थिए ।

आइपीएल स्पट फिक्सिङमा पनि फसेका थिए कुन्द्रा:

सन् २०१२ मा आइपीएल स्पट फिक्सिङको मामिलामा पनि राज कुन्द्रामाथि आरोप लागेको थियो र उनलाई पक्राउ गरिएको थियो ।

राज कुन्द्राको आइपीएल टीम राजस्थान रोयल्समा हिस्सेदारी थियो । स्पट फिक्सिङको मामिलामा प्रहरीले कुन्द्राबाहेक थुप्रै खिलाडीलाई पनि पक्राउ गरिएको थियो ।

सन् २०१५ मा २२ जनवरीमा तत्कालीन बीसीसीआईका अध्यक्ष एन श्रीनिवासनका ज्वाईं तथा चेन्नई सुपर किङ्ग्सका टीम प्रिन्सिपल गुरुनाथ मय्यपन र राजस्थान रोयल्सकमा सहमालिक राज कुन्द्रामाथि सर्वोच्च अदालतमा स्पट फिक्सिङ र खेलसँग सम्बन्धित जानकारी दिएको आरोप सिद्ध भयो ।

मुद्गल कमेटीको रिपोर्टपछि सर्वोच्च अदालतको प्यानलले महत्वपूर्ण निर्णय सुनाउँदै चेन्नई सुपरकिङ्ग्स र राजस्थान रोयल्समाथि दुई वर्षको प्रतिबन्धको सिफारिश गरेको थियो । यस्तै मयप्पन र राज कुन्द्रामा आजीवन प्रतिबन्ध लगाएको थियो ।

पस्मिना सल र हिराको व्यापार:

राज कुन्द्राका पिता बालकृष्ण बेलायतका एक साधारण बस कन्डक्टरको काम गर्दथे । राज सन् १९९४ मा नेपाल आए र यहाँको पस्मिना सलले उनको भाग्य फेरिदियो ।

जब उनी नेपालबाट बेलायत फर्किए तब उनले आफूसँग कन्टेनर भरी पस्मिना सल पनि लिएर गए । उनले ती सल बेलायतका विभिन्न फेसन हाउसमा सप्लाई गरे । पहिलो वर्षमा नै उनले करिब दुई करोड पाउन्डको फाइदा कमाए ।

तपाईको प्रतिक्रिया