प्रदेश १ स्थित सुनसरी क्षेत्र नम्बर २ का निर्वाचित प्रतिनिधि सभा सदस्य सिताराम मेहतालाई मन्त्री बनाउनुपर्ने माग सहित प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र परेको छ ।

तराईरमधेशका प्राध्यापक, लेखक, पत्रकारहरु सम्मीलित ११ जनाको समुहले प्रधानमन्त्रीलाई शनिबार ज्ञापनपत्र दिएका हुन् ।

बधाई तथा शुभकामना सहित ३ ओटा बुदा प्रस्तूत गर्दै उक्त समुहको ज्ञापनपत्रमा मन्त्रीपरिषदलाई समावेशी बनाउनुपर्ने, विभिन्न सरकारी नियुक्ति मनोनयनमा मधेशी समुदाय अन्तरगतका जातीय समीकरणका अधारमा समावेशी बनाउनु पर्ने र मेहतालाई मन्त्री मनाउनुपर्ने बुदा उल्लेख गरिएको छ ।

प्राध्यापकरडाक्टर कृपाराम मेहताको नेतृत्वमा बालुवाटार पुगेका ११ जना बुद्धिजिविहरुले प्रधानमन्त्री देउवालाई सुझाव सहित ज्ञापनपत्र दिएका थिए ।

जवाफमा प्रधानमन्त्री देउवाले कांग्रेसको भागमा थोरै मन्त्री परेको भन्दै तर पनि मेहतालाई समावेश गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्राध्यापक मेहताका अनुसार प्रधानमन्त्रीले पार्टी महाधिवेशनमा समेत आफूले तराईरमधेशको जतीय समीकरणलाई ख्याल गर्ने प्रतिबद्धता गरेका छन् ।

तपाईको प्रतिक्रिया