सुनसरी /स्टवेरी अर्थात भुइ ऐसेलुको नामले चिनिने यो फल विदेशमा मात्र हुन्छ भन्ने थियो तर यो फलको यतिखेर नेपालका बिभिन्न स्थानमा ब्यबसायिक रुपमै खेती सुरु गरिएको छ ।
ऋहिले यो व्यबसाय ५ जना स्थानिय युवाहरुको समुहले सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा न १ सुर्यकुण्डमा समेत व्यबसायिक रुपमानै खेती सुरु गरेका छन् ।
लामो समय बैदेशिक रोजगारीको वसाइ पछि स्वदेशमै केहि गर्ने उदेश्यले २ बिघामा क्षेत्रफलमा यतिखेर स्टोबेरी खेती लगाइएको छ । पाहाडी अनि भिरालो क्षेत्रमा लगाइने यो फलको आम्दानी समेत राम्रो हुने गरेको छ । यसको खेती सफल पार्न र एग्रो टुरिजमकालागी हामि प्रयास गरीरहेको समुहका एक युवा अर्जुन कुलुगंले बताउनु भएको छ ।
तीन वर्ष अघि सुरु गरिएको को स्टवेरी खेतीकोको उत्पादन अहिले बजारमा जान थालेको छ । उत्पादित स्टवेरी झापा,मोरङ,सुनसरी र उदयपुरलगायतका जिल्लाहरुमा पुग्ने गरेको छ । यस क्षेत्रमा लगाइएको स्टोबेरीकै कारण यहाँ होमस्टे समेत सञ्चालनमा ल्याइएको छ । नेपालमै व्यबसायीक रुपमा यसको खेती सुरु गरी भारत तथा तेस्रो मुलुकमा निर्यात सगैं कृर्षि पर्यटनको रुपमा विकास गर्न सकिने पर्यटन व्यबसायी बासुदेब बराल बताउुन भएको भयो ।
मुलुक भित्रनै केहि गर्ने सोज बनाएका यि युवा समुहलाइ प्रदेश सकरकारले प्लाष्टिकको टनेल वनाउन २३ लाख रुपैया सहयोग गरेको हो । स्थानिय सरकार र समुहयको लगानीवाट सुरु गरिएको स्टवेरीको खेतीले व्यवसायसगैं कृर्षि पर्यटनको सम्भावना समेत बढाएको स्थानियले अनुभव रहेको छ ।

तपाईको प्रतिक्रिया