मुग्लिन /अविरल वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो नजिकै सोमबार बिहान करिब ५ बजेको समयमा ठूलो पहिरो खस्न गएको हो ।

पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ । प्रहरीका अनुसार हालसम्म पनि पहिरो खसिरहेकोले तत्काल पहिरो हटाउन कठिनाइ भइरहेको छ । बाटो खुलाउने तर्फ आवश्यक पहल र प्रयास भैरहेको व्यहोरा जानकारी गराइएको छ ।

प्रहरीले ओभरटेक नगरी आ–आफ्नो सवारी साधन सुरक्षित स्थान रोक्न र सडक सुचारू भएपछि मात्र आफ्नो पूर्ववत् यात्रामा अगाडि बढ्नको लागि सम्पुर्ण सवारी चालकहरुलाई अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया