काठमाण्डै /कोरोना भाइरस सङ्क्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

गुल्मी मदाने गाउँपालिका(६ का उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो ।

उनी जेठ १ गते अस्पतालमा भर्ना भएका उनलाई कोरोना सङ्क्रमण भएको सोमबार पुष्टि भएको थियो । सुरुमा आइसियुमा उपचाररत उनी कोरोना पुष्टि हुँदा भेन्टिलेटरमा थिए ।

तपाईको प्रतिक्रिया