काठमाडौँ – नेपाल विधुत् प्राधिकरणले प्रति महिना एक सय ५० युनिटसम्म खपत गर्ने घरेलु ग्राहकलाई २० प्रतिशत मिनाहा गर्ने भएको छ।

कोरोना भाइरसले व्यापार,व्यवसायलाई अस्तव्यस्त बनाइरहेका बेला प्राधिकरणले घरेलु ग्राहकका लागि यस्तो सहुलियत दिएको हो। नेपालमा करिब ३८ लाख घरेलु ग्राहक छन्।

शुक्रबारको नेपाल विधुत् प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषद्समक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो। नेपालमा विधुतका घरेलु ग्राहकमध्ये अधिकांश मासिक एक सय ५० युनिटभन्दा कम खपत गर्छन्।

यो समग्रमा एक महिनाका लागि करिब ५० करोड रुपैयाँको छुट हुने बताइएको छ।

तपाईको प्रतिक्रिया